शुक्रकिट भनेको पुरुष कोष हो, जुन महिलाको डिम्बसँग निषेचित भएपछि भ्रुण बन्दछ । किशोर अवस्था पुगेपछि पुरुषको अण्डकोषमा शुक्रकिटको उत्पादन सुरू हुन्छ ।
शुक्रकिटलाई नाङ्गो आँखाले देख्न सकिँदैन । सामान्यतया एक पटकमा २ देखि ५ मिलिलिटर वीर्य स्खलन हुन्छ । प्रति मिलिलिटर वीर्यमा करीब ४० देखि १०० करोड शुक्रकिट हुन्छन् ।
यौन सम्पर्कको क्रियामा वीर्य स्खलन हुँदा करोडौं शुक्रकिटसँगै निस्किए पनि एउटा मात्र शुक्रकिटको महिलाको पाठेघरमा रहेको डिम्बसँग मिलन हुन्छ र त्यसैबाट गर्भ रहने हुन्छ ।
गर्भ रहनका लागि १.५ देखि ५ मिलिलिटर वीर्य हुनुपर्दछ । यदि ५ मिलिलिटरभन्दा बढी भयो भने वीर्यको मात्रामा शुक्रकिटको घनत्व कम हुने हुँदा गर्भधारणको सम्भावना कम हुन्छ ।
गर्भधारणका लागि एक मिलिलिटर वीर्यमा कम्तीमा २ करोड शुक्रकिट हुनुपर्दछ र तीमध्ये आधा जस्तो चलायमान हुनुपर्दछ । करीब ३० प्रतिशत शुक्रकिटहरू सग्ला र स्वस्थ हुनपर्दछ ।
किशोरावस्थामा प्रवेश गर्दा किशोरहरूका यौनाङ्गहरू खास गरी अण्डकोष, वीर्य थैली र प्रोस्टेट ग्रन्थिको विकास हुन थाल्छ । यौनाङ्गहरूको विकाससँगै वीर्यको उत्पादन पनि हुन थाल्छ ।
अण्डकोषले शुक्रकिट उत्पादन गर्छ भने विशेषत वीर्य थैली र प्रोष्टेड ग्रन्थिहरूले एक प्रकारको सेतो पदार्थ उत्पादन गर्छन् ।
उक्त सेतो पदार्थमा शरीरमै उत्पन्न हुने विभिन्न रसायनहरूको मिश्रण हुन्छ, जसले शुक्रकीटलाई पोषण गरिरहेको हुन्छ । वीर्य भन्नाले शुक्रकीटसहितको सम्पूर्ण सेतो पदार्थ भन्ने बुझिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं