२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

सुन तस्करी प्रकरणमा थुनछेक बहस आजदेखि सुरू हुने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज १० गते बुधबार
तस्करीबाट आएको सुन ।

 काठमाडौंको सिनामंगलबाट बरामद गरिएको ६१ किलो सुन प्रकरणको थुनछेक बहस बुधबारदेखि सु हुदैंछ ।

उक्त प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान मंगलबार सकिएकाले बुधबारदेखि थुनछेक बहस सुरु हुने बताइएको छ ।

यसअघि मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको छ ।

सो सुन प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछी प्रतिवेदनमाथि छानबीन गरी जिल्ला अदालत काठमाडौंमा राय सहितको प्रतिवेदन पेश गरिएको हो ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधबार