२०८३ वैशाख ११ , शुक्रबार 25, April 2026, Saturday

एसियन गेम्सको पुरुष भलिबलमा बहराइनसँग नेपाल पराजित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज ३ गते बुधबार

एसियन गेम्समा अन्तर्गतको पुरुष भलिबलमा नेपाललाई बहराइनले ३–१ को सेटमा हराएको छ ।

चीनको हाङचु शहरमा आगामी शनिवार औपचारिक उद्घाटन हुने १९ औं एसियाली खेलकुदका केही टिम गेम भने सुरु भईसकेका छन् । सोही अनुरुप नेपालको पुरुष भलिबल टोलीले हिजो बहराइनको सामना गरेको थियो ।

बहराइन विरुद्धको पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि पर्‍यो । नेपालले दोस्रो खेल आज इरानसँग खेल्नेछ । इरानसँगको खेल पनि हारेको खण्डमा नेपाल समुह चरणबाटै बाहिरिनेछ ।

एसियन गेम्सको औपचारिक उद्घाटन अघि नैं भलिबल, फुटबल र क्रिकेटजस्ता टिम खेल सुरु भइसकेका छन् । एसियन गेम्सको यो संस्करणमा नेपालले २९ खेलमा २ सय ५३ खेलाडी सहभागी गराएको छ ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधबार