२०८३ जेठ ७ , बिहीबार 21, May 2026, Thursday

श्रीलङ्काकाे खराब शुरुवात, सिराजले एकै ओभरमा ४ विकेट लिए

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ ३१ गते आइतबार

एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले खराब शुरुवात गरेकाे छ ।

काेलम्बाेमा टस जितेर ब्याटिङ गरिरहेकाे श्रीलङ्काले १२ रन बनाउँदा ५ विकेट गुमाएकाे छ । श्रीलङ्काका पथुम निसन्का २, धनन्जय डी सिल्भा ४ रन बनाएर आउट भए ।

यस्तै कुसल परेरा, सदीरा समाराविक्रमा र चरिथ असलन्काले १ रन पनि जाेड्न सकेनन् । भारतका लागि माेहम्मद सिराजले एकै ओभरमा ४ र जसप्रीत बुमराहले १ विकेट लिए ।

प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार