२०८३ वैशाख ११ , शुक्रबार 24, April 2026, Friday

नेम्वाङको निधनमा प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ २८ गते बिहीबार

प्रतिनिधि सभा बैठकले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले स्व.नेम्वाङको निधनको शोक प्रश्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो । उहाँको निधनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ ।

सभाको बैठकमा सभामुख घिमिरेले स्व. नेम्वाङले लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भुमिका निर्वाह गर्नुभएका, संविधान सभामार्फत नेपालको संविधान निर्माणमा अहं र नेतृत्वदायी भुमिका खेल्नुभएका मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ २९ गते शुक्रवार १ बजे बस्ने छ ।

प्रकाशित मिति : २०८० भदौ २८ गते बिहीबार