२०८३ असोज २ , शुक्रबार 19, September 2026, Saturday

प्रतिनिधिसभाको बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा चारजना मन्त्रीले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।

आज कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन ‘२०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८० भदौ २१ गते बिहीबार