२०८३ वैशाख १० , बिहीबार 23, April 2026, Thursday

विद्युतीय धरापमा परेर धनगढीमा एक महिलाको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ १९ गते मंगलबार

विद्युतीय धरापमा परेर धनगढीकी एक महिलाको मृत्यु भएको छ ।

जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढी–३ बस्ने ३२ वर्षीया मञ्जु कुँवर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । मृतक कुँवरको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

जङ्गली जनावरबाट धानबाली जोगाउन खेतमा धराप थापेका जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रकाशित मिति : २०८० भदौ १९ गते मंगलबार