सरकारी कार्यालयको समय आज कात्तिक १६ देखि परिवर्तन हुने भएको छ । जाडोयामको समय तालिका अनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको हो ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचना अनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ । यसअघि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको थियो ।
प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार
