२०८३ कात्तिक १७ , सोमबार 2, November 2026, Monday

देशका केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बादल लाग्नेछ ।

देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ ।

तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार