२०८३ भदौ ७ , आइतबार 23, August 2026, Sunday

खेतीपाती सकेर काम खोज्न भारत जाँदै नेपालीहरु

kmf]6f] SofK;g– b'O dlxgf b]lv cj?4 x'“b} cfPsf] g]kfnuGh ?k}l8xf gfsf l:yt hd'gfxaf6 d+unaf/ l;dfkf/L hfg lx8]sf ;a{;fwf/0fx? . pgLx? slt a]nf cfjfudg aGb x'g] xf] eGg] lrGtfdf 5g . tl:a/ h] kf08]

खेतीपातीको समय सकिएसँगै जमुनाहा नाका भएर रोजगारीका लागि भारततर्फ जाने नेपाली युवाको सङ्ख्या बढ्दै गएको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका सयौँ युवा दैनिक रोजगारीका लागि भारततर्फ गइरहेको नेपाल भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख प्रहरी निरीक्षक राजन भट्टराईले केही दिनयता आएर रोजगारीका लागि भारत जाने नेपालीको लर्को सीमानामा दैनिक लागिरहेको बताए । भारतको सिमला लगायतका ठाउँमा स्याउ पाकेकोले स्याउ टिप्न र ओसार पसार गर्न धेरै नेपाली युवा सोतर्फ गइरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

भारततर्फ जाने नेपालीको सङ्ख्या बढेसँगै उनीहरुको सुरक्षाका लागि नेपाल भारत नाका जमुनाहा र भारत रुपैडिहाको बसपार्कमा सुरक्षा व्यवस्था मिलाइएको सो कार्यालयले जनाएको छ । अहिले कामको खोजीमा भारत जाने नेपालीहरु हुल बाँधेर नाकामा पुगिरहेको छन् । प्रहरीका अनुसार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म नेपालीहरु भारत प्रवेश गरिरहेका छन् ।

भारत जानेहरुमा अधिकांश शिमला, अमृतसर, चंडीगढ, हरिद्धार र जयपुर जाने छन् । नेपालमा काम नपाएपछि बाध्य भएर फेरी कामका लागि भारत जानु परेको सीमानामा भेटिएका अधिकांश युवाको भनाइ छ । जमुनाहा नाकामा भेटिएका जाजरकोट ढिमेका दलबहादुर बिकले खेतीपाती सकिएपछि स्वदेशमा कुनै काम नभएपछि बाध्य भएर फेरी भारत जान थालेको बताए ।

यस्तै दैलेख नौमुलेका रमशे मल्लले रोजगारीका लागि हरिद्धार जान लागेको भन्दै अब अर्को वर्षको दसैंमा मात्र घर फर्किने योजना रहेको बताए । उनीजस्तै नाकामा भेटिने अधिकांश युवाले आफ्नो देशमा उपयुक्त काम नपाएपछि भारत जानुको विकल्प नहुँदा बाध्य भएर जानुपरेको दुखेसो पोखेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार