२०८३ असोज २४ , शनिबार 10, October 2026, Saturday

कठिन बन्दै इन्टरनेटमा ‘पहिचानको प्रमाण’

इन्टरनेटमा आफ्नो पहिचान कसरी प्रमाणित गर्ने ? टेक्स्टमार्फत आएको कोड ? सेल्फी ? टेलिफोन नम्बर ? पछिल्लो समय ह्याकहरूले यी त्रुटिपूर्ण प्रणालीका कमजोरी प्रयोग गरिसकेका छन् । अझै पनि धेरै मानिस आफ्नै खाताबाट लगआउट हुन्छन् र त्यो आफू नै हो भन्ने प्रमाणित गर्न सक्दैनन् ।

एआईको गलत फाइदा लिनेहरूको वृद्धिका साथै उमेर प्रमाणीकरणको माग र डेटिङ एपदेखि टिकट बिक्रीसम्म सबै बिगार्ने बोटहरूका कारण अब नयाँ किसिमको ’मानव भएको प्रमाण’को आवश्यकता देखिएको छ । यसैले प्रविधिमा भइरहेको विकासका सन् २०२६ मा धेरै मानिससँग डिजिटल आईडी हुनेछ । त्यो फोनमै सुरक्षित गरिएको प्रमाणित पहिचान हुनेछ ।

एन्ड्रोइड र अब आईओएस उपकरणहरूले २५० भन्दा बढी अमेरिकी विमानस्थलबाट त आन्तरिक यात्राका लागि तयार डिजिटल अमेरिकी पासपोर्टको डेटा लिइरहेका छन् । युरोपेली संघले आगामी वर्ष डिजिटल नेशनल आईडी अनिवार्य गर्दैछ । बैंकिङ तथा शिक्षा जस्ता नियमित क्षेत्रले सन् २०२७ सम्म यसलाई स्वीकार गर्नैपर्नेछ ।

सिंगापुरमा त यो पहिल्यै लागु भइसकेको छ । सन् २०२५ मा व्यक्तिगत जानकारी लगइन विवरणसमेत सफलरूपमा ‘फिसिङ’ गरिएको घटनामा चार सय प्रतिशत वृद्धि देखियो, जसको मुख्य कारण एआई हो । एआईले अझ राम्रो मालवेयर धेरै मानिसका लागि सजिलै उपलब्ध बनाइदिएको छ, जुन अबको वर्ष थप चुनौतीपूर्ण देखिन्छ ।

कम प्राविधिक ज्ञान भएका ह्याकरहरूले पनि एआई मोडल प्रयोग गरेर विश्वसनीय डीपफेक बनाउन वा पासवर्ड र दुई तह प्रमाणीकरण कोड चोर्ने वेबसाइट र इमेल तयार गर्न सक्छन् । अब ब्राउजरमै एआई सहायक आउन थालेपछि खराब नियत भएका व्यक्तिले वेबपेजमै लुकेका निर्देशन राखेर ती एआई सहायकलाई गलत दिशामा लैजान सक्छन् ।

विभिन्न अनुसन्धानकर्ताका अनुसार राज्यसमर्थित समूहहरूले जेमिनीआधारित मोडल प्रयोग गरेर यस्ता खराब नियतका आदेश सिर्जना गर्ने प्रयास पनि गरेका थिए । यस्तो किसिमको उन्नत मालवेयर अपराधीहरूका लागि सामान्य बन्ने अनुमान छ । प्रविधिमा भइरहेको विश्वव्यापी आविष्कार र विकास सन् २०२६ मा अझ व्यापक हुने अनुमान र अध्ययनहरू सार्वजनिक भइरहेका छन् ।

प्रविधिमा काम गरिरहेका कम्पनीहरूले इन्टरनेटमा सही पहिचानका लागि बलियो नियमन गर्दै छन् । यस्तै सन् २०२६ मा नै विभिन्न कम्पनीहरूले ‘मन पढ्ने’ प्रविधिमा काम गर्दै छन् । न्युरोटेक अर्थात् मस्तिष्क र स्नायु संकेत टिप्ने डिजिटल इन्टरफेस नै निकट भविष्यको ठूलो प्रविधि हुनेछ । एउटा विकल्प एलन मस्कको न्युरालिंकजस्ता प्रत्यक्ष मस्तिष्क–कम्प्युटर इन्टरफेस हुन् । जसका लागि शल्यक्रिया आवश्यक पर्छ ।

तर धेरै मानिसले नन–इन्भेसिभ विकल्प रोज्ने सम्भावना छ । मेटाको रिस्टब्यान्ड यसको राम्रो उदाहरण हो । यसले प्रयोगकर्ताको हातको स्नायु संकेत पढेर कम्पनीका भर्चुअल रियालिटी हेडसेट र एआर स्मार्टचश्मामा त्यसको संकेत पठाउँछ । सन् २०२६ मा यस्तो प्रविधि हाम्रो टाउकोमा सर्नेछ । एउटा नयाँ ‘माइन्ड–क्याप्सनिङ’ प्रविधिले विचारलाई शब्द वा पूरै वाक्यमा रूपान्तरण गर्न सक्छ ।

साम अल्टम्यानको नयाँ न्युरोटेक स्टार्टप मर्ज ल्याब्सले अल्ट्रासाउन्ड प्रयोग गरेर मस्तिष्क गतिविधि पढ्छ । प्रयोगशालामा मानिसहरूले आफ्ना विचारले ग्याजेट वा ह्वीलचेयरसमेत चलाइरहेका छन् । स्टार्टप कोग्निक्सनको नयाँ उत्पादनले भविष्यमा स्नायु र मस्तिष्कसम्बन्धी रोग पहिचान गर्न सहयोग पु¥याउन सक्छ । हाल क्लिनिकल परीक्षणमा रहेको प्रारम्भिक संस्करणमा एप्पल भिजन प्रो हेडसेट र मस्तिष्क गतिविधि मापन गर्ने इलेक्ट्रोड जडित विशेष हेडब्यान्ड समावेश छ ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार