प्रहरीले नेपालगन्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १०० थानसहित सुनिलकुमार बानियाँलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा सोमबार बुझाइएको छ ।
नेपालगन्जको त्रिभुवन चोकमा रहेको कुमार जनरल स्टोरका सञ्चालक बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार
सत्यपाटी