२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा आंशिक बदली

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २८ गते आइतबार

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस प्रभावका कारण हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली छाएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ । त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २८ गते आइतबार