कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपाली भाषाको उद्गमस्थल जुम्लाको कनका सुन्दरी सिन्जा हुँदै नेपालको ठूलो र गहिरो रारा अर्थात महेन्द्र तालसम्मको हवाई र सडक सुधार भएपछि घोडा व्यवसाय पनि फस्टाएको छ । रारामा घोडा ब्यावसायबाट आम्दानी राम्रो हुने भएपछि व्यवसायी उत्साहित छन् ।
पछिल्ला महिनामा मौसम खुलेसँगै सप्तरङ्गी राराको दृश्य हेर्न, घुम्न, अध्ययन–अनुसन्धान गर्न पर्यटकहरुको चाप बढेपछि घोडा ब्यवसाय सन्चालन गर्दै आएका स्थानीयहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । रारा तालको वरिपरी घुम्न र चुचेमारा साथै मुर्मागाँउसम्म घोडसवार गर्दा निकै आनन्द महसुश हुने गर्छ ।
हालै काठमाडौंबाट आएका २५ जना भन्दा बढीको टोलीले घोडामा यात्रा गरे । काठमाडौं बुढानिकण्ठ–१० घर भई रारा घुम्न आएकी आशा अधिकारीले घोडचढीले रारा घुम्नुको बेग्लै आनन्द आएको बतान् । ‘हामी पनि मुर्मा टप पुग्दा त्यहाँबाट सैपाल हिमाल, छायानाथ, चंखेली हिमाल, चुचेमारा हिमाल लगायत अन्य धार्मिक तीर्थस्थलसहित बाजुरा, हुम्ला, जुम्ला, बाजुरा, अछाम लगायत सात जिल्लाको अवलोकन गरेर फर्किदा निकै आनन्द आयो,’ उनले भनिन् ।
बिगतका भन्दा पछिल्ला बर्षहरुमा कर्णाली राजमार्गको सडक निर्माण कार्यमा दैनिक सुधार हुँदै जान थालेपछि कर्णाली प्रदेश लगायत देशका मुख्य सहर पोखरा, काठमाडौ, नेपालगन्ज, विराटनगर, चितवन लगायतका ठाउँबाट नेपाली भाषाको उद्गम थलो जुम्लाको कनका सुन्दरी हुँदै रारा आउने पर्यटकहरुको संख्या बढेको स्थानीय होटल व्यवसायीहरुको भनाई छ । दशैं तिहार सकिएपछि रारामा दैनिक दैनिक ५० देखि १५० जनासम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका गरेका छन् ।
घोडा ब्यवसाय समितिको निर्णय अनुसार पालैपालो गरेर घोडाको प्रयोग हुने गरेको छ । रारा घुम्न आएका पर्यटकहरु तालको किनारमा फोटो खिच्ने, टिकटक बनाउने, घोडा चढेर फोटो सुट गर्ने गरेका छन् । सल्लेरीबाट रारा हुटु, माझघट्, मुर्माटप, महादेब मन्दिर, लागुडा मन्दिरसम्म घोडाबाट पर्यटकहरु रमाउँदै जाने गरेका छन् । घोडा चालकले दैनिक २५ सयदेखि ८ हजार रुपैंयाँ सम्म प्रति ब्यक्तिले कमाउने गरेका छन् ।
तर, घोडा व्यवसायीहरुबाट उठाएको कर सदूपयोग नभएकोमा गुनासो बढेको छ । पर्यटकहरुबाट घोडा ब्यावसायप्ले उठाएको केही रकमबाट मध्यवर्ती क्षेत्र ब्यावस्थापन समिति मुगुले २० प्रतिशत रकममध्ये १० प्रतिशत घोडा चालक समितिमा जम्मा गर्ने र पर्यटन भरिया शुल्कबापत कार्यालयमा जम्मा भएको १० प्रतिशत कार्यालयमा जम्मा भएको रकम पर्यटकहरु र घोडाचालकहरु बिरामी हुँदा र केही समस्या पर्दा खर्च गर्नको जम्मा गर्ने गरेका छन् ।
तर, घोडा हिडाउने बाटो नै खराब हुँदा व्यवसायी चिन्तित भएका छन् । बिषेश गरी रारामा बन्दै गरेका साइकिलिङ रुटका कारण समस्या हुने गरेको छ । घोडाका लागि सहज बाटोका लागि घोडा चालक समिति र कार्यालयको सहकार्यमा बाटो सुधार गर्ने मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति राराका अध्यक्ष बिष्णु रावलले बताए ।
सत्यपाटी