मुगुबाट नेपालगन्ज जाँदै गरेको गाडीमा एक युवक मृत फेला परेका छन् । गाडीमा जुम्ला हिमा गाउँपालिका–१ का २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन् । बुधबार साँझ करिब साढे ८ बजे जुम्लाको हिमा गाउँपालिका–१ आर्चायमा मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेका क.प्र.०२००१ ख ११८० नम्वरको गाडीमा रावत मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रवीनबाबु रेश्मीले भने, ‘मृतक युवक गाडीमा यात्रा गरिरहने व्यक्ति हुन् । बसिरहेको अवस्थामा उनको मृत्यु भइसकेको रहेछ, जुम्लास्थित घरमा ओर्लिने बेला मात्र उनको मृत्यु भएको थाहा भयो । घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।’ शव परीक्षणका लागि जिल्ला अस्पताल जुम्ला लगिएको छ ।
प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार
