सशस्त्र प्रहरी बलकी इन्सपेक्टर डा.महिमा सिटौलालाई सेवाबाट हटाउने प्रक्रिया अगाडि बढेको छ । बिदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै गृह मन्त्रालयले उनीमाथि विभागीय कारबाहीको तयारी गरेको हो ।
गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित डा.सिटौलाको यो कार्य पदीय जिम्मेवारी तथा आचरण विपरीत भएको ठहर गरिएको छ । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले उनलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ निर्णय गरिसकेको छ ।
यद्यपि, गृह मन्त्रालयले डा.सिटौलालाई आफ्नो सफाइ पेश गर्ने अवसर पनि दिएको छ । यदि विभागीय सजाय गर्नु नपर्ने भएमा बाटोको म्याद बाहेक सात दिनभित्र कारणसहित स्पष्टीकरण वा सफाइ पेश गर्नका लागि उनलाई मौका दिइएको छ ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधबार