२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

दशैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १६ गते बिहीबार

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार ११ः५३ बजे दसैँको टीकाको शुभसाइत रहेको छ ।

देवी विसर्जनको साइत बिहान ९ः२३ बजे रहेको छ । टीका लगाइमाग्ने पूर्व फर्कनुपर्ने समितिले जानकारी दिएको छ । यता, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज १६ गते बिहीबार