२०८२ असोज १५ गते बुधवार, १ अक्टोबर २०२५ । आश्विन शुक्ल पक्ष नवमी १४ः३३ बजेदेखि दशमी । उत्तराषाढा नक्षत्र । चन्द्रराशि धनु, ११ः३२ बजेपछि मकर ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ । सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । काम पूरा नभए पनि दिगो योजना बन्नेछ । दिगो उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । परोपकारी काममा प्रवृत्त भइनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
चिताएको काम बिहानै गर्दा फाइदा हुनेछ । रमाइलो यात्रा हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइने समय छ । व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ । तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ । वादविवादले मित्रताको बन्धन कमजोर रहला । कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । मध्याह्नपछि मिहिनेतको राम्रो फल प्राप्त हुनेछ । आयस्रोत बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । केही रकम सञ्चय गर्न पनि सकिनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । पहिले ईष्र्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन् । थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ । मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । आँटेको काम बिग्रन सक्छ । पेसा–व्यवसायमा फाइदा कम देखिए पनि प्रयास भने दोहोर्याउनुहोला ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ । आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ । बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ । मध्याह्नदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रहयोग छ । रोकिएको काम बन्नेछ । नयाँ काम सुरु गर्ने समय छ । साथीभाइको सहयोग र उपहार हातलागी हुनेछ । राम्रो कर्मफलले मन प्रसन्न रहनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ । बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आजको उपलब्धिले थप उत्साह जगाउनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । कर्जामार्फत खर्च जुटाउन सकिनेछ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ । यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । अरूको उक्साहटमा लाग्दा अधिक खर्च हुनेछ । अवसरका लागि केही दौडधुप समेत गर्नुपर्ला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । मध्याह्नदेखि रोकिएको लाभांश मिल्नेछ । मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन् । तर आकस्मिक समस्याले खर्च गराउला । सरसापटमा पनि धन बाहिरिन सक्छ ।
सत्यपाटी