२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

सुर्खेतमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक जना गम्भीर

भेरिगंगा नगरपालिका–१२, पाडुलेमा सोमबार दिउँसो ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको ना.५ ख ५६०८ नम्बरको खाली ट्रकले छिन्चुबाट सुर्खेततर्फ आउँदै गरेको मोटरसाइकल (लु.प्र.०३००१ प.३६३१) लाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी अन्दाजी २१–२२ वर्षीय एक पुरुषको प्रदेश अस्पताल, सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान भने खुलेको छैन ।

मोटरसाइकलमा सवार अर्का व्यक्ति १९ वर्षीय दमन शाही गम्भीर घाइते छन्। उनको माया मेडिकल, छिन्चुमा उपचार भइरहेको छ ।

ट्रक, ट्रक चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख पदम खत्रीले बताए ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार