२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

आज देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा हाल पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभाव स्वरूप आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका अन्य भू–भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिबार