फिरन्ते जीवन बिताउँदै आएको अल्पसंख्यक राउटे समुदायले फेरि अर्को सदस्य गुमाएको छ । सोमबार सुर्खेतको लेकबेसी नगरपालिका–१० मा बसोबास गर्दै आएका २३ वर्षीय गोविन्द शाहीको मृत्यु भएको छ ।
उनको मृत्युसँगै राउटे समुदायको जनसंख्या १३६ मा झरेको छ । राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले शाहीको मृत्यु अत्यधिक मदिरा सेवनका कारण भएको बताए । गोविन्द, सोवंशी दिलबहादुर मुखियाका छोरा हुन् ।
खत्रीका अनुसार अघिल्लो महिना भत्ता बुझेदेखि राउटे समुदायका सदस्यहरूले मदिरा सेवन गरिरहेका थिए । गोविन्दले भने निरन्तर रूपमा मदिरा सेवन गरिरहेका थिए । मदिराकै कारण उनको मृत्यु भएको उनले बताए ।
शिक्षक खत्रीले भने, ‘अघिल्लो महिना भत्ता बुझेदेखि राउटे समुदायका सदस्यहरूले मदिरा सेवन गरिरहेका थिए । गोविन्दले पनि निरन्तर रूपमा मदिरा सेवन गरिरहेका थिए । मदिराकै कारण उनको मृत्यु भयो ।’
सत्यपाटी