२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

काठमाडौं-ग्वाङझाउ नियमित उडान गर्दै नेपाल एयरलाइन्स

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३० गते सोमबार

नेपाल एयरलाइन्सले आगामी असोजबाट चीनको ग्वाङझाउमा उडान गर्ने बताएको छ । एयरलाइन्सले असोज ९ (सेप्टेम्बर २५) देखि काठमाडौं–ग्वाङझाउ–काठमाडौं उडान गर्न लागेको हो ।

यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान गरिरहेको छ । नेपाल एयरलाइन्सले पहिलो पटक यो गन्तव्यमा उडान गर्न लागेको हो ।

एयरलाइन्सले असोज ९ र १२ गते ‘प्रवर्द्धन उडान’ गर्ने र कार्तिकबाट नियमित उडान गर्ने एयरलाइन्सका प्रवक्ता मनोज कुमार शाहले जानकारी दिए । उनका अनुसार एयरलाइन्सले आइतबार, बिहीबार र शनिबार गरी सातामा तीन उडान गर्नेछ ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार