पछिल्लो एक सातामा देशभर २३९ जनामा डेंगुको संक्रमण देखिएको छ । योसँगै नेपालमा डेंगु सक्रमितको संख्या चार हजार ३५३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार विगत २४ घण्टामा मात्रै ३३ जना नयाँ संक्रमित थपिएका छन् ।
सबैभन्दा धेरै गण्डकी प्रदेशमा एक हजार १४९ जनामा डेंगुको संक्रमण देखिएको छ भने बागमतीमा ९३६, लुम्बिनीमा ७८०, कोशीमा ६८१, सुदूरपश्चिममा ५०२, कर्णालीमा २०७ र मधेश प्रदेशमा ८८ जनामा संक्रमण देखिएको छ ।
वर्षातको मौसममा डेंगी रोगको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य उपाय भएकोले लामखुट्टे नियन्त्रण गर्न घर तथा भवन वरपरका पानी जम्ने स्थान र वस्तुहरूको पहिचान गरी, लामखुट्टेको प्रजनन, वृद्धि तथा विकास हुने ठाउँहरू नष्ट गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार
सत्यपाटी