‘जेनजी’ आन्दोलनको उग्रताले मुलुक एकैछिनमै धुवाँ र खरानीको भूमरीमा फस्न पुग्यो । गत सोमवारको जेनजी आन्दोलन भएयता काठमाडौं र विभिन्न सहरमा भएका हिंसाका घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगको छ ।
मूख्य सचिव एक नारायण अर्यालले प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रमका अवसरमा सम्बोधन गर्ने क्रममा दिएका जानकारी अनुसार यो साता भएका घटनाहरूमा परी ५९ जना सर्वसाधारण, १० जना कैदीबन्दी अनि ३ जना प्रहरी गरी ७२ जनाको ज्यान गएको बताए ।
त्यस्तै १३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १९१ जना घाइते भएको उनले बताए । घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने र मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति स्वरूप दिइने पनि उनले बताए ।
आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि भएको छ । अर्यालले विषम परिस्थितिमा धेरै चुनौती रहेको भन्दै युवा पुस्ताको विषयहरूको सम्बोधन गर्न सुशासन र सेवा प्रवाह गर्नुपर्ने अवस्था रहेको बताए ।
सडकबाट सुरु भएको आक्रोश सिँधै सत्ताको केन्द्रमा पुग्दा शक्तिशाली नेताहरूका आलिशान निवासहरू प्रतिशोधको ज्वालामा स्वाहा भए । भदौ २३ र २४ गते सम्पन्न आन्दोलनले केही घण्टामै देशलाई आगोको रापमा धकेल्यो ।
आक्रोश उर्लँदा सडकदेखि सत्ता केन्द्रसम्म धुवाँमात्र देखिन्थ्यो । निजी घरदेखि सरकारी भवनसम्म नचिनेरी आगोले खरानीमा परिणत गरायो । नाराबाजी र आक्रोशको बिचमा नेताहरूका घर प्रतिशोधको निशाना बनेका थिए ।
सत्यपाटी