२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

जेनजी आन्दोलनमा कुन-कुन नेताहरूको घर ध्वस्त भयो ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २९ गते आइतबार

‘जेनजी’ आन्दोलनको उग्रताले मुलुक एकैछिनमै धुवाँ र खरानीको भूमरीमा फस्न पुग्यो । आन्दोलनमा काठमाडौं र विभिन्न सहरमा ५१ जनाले ज्यान गुमाएका छन्  । देशभर ३८ सर्वसाधारण, तीन प्रहरी, एक भारतीय नागरिक, पाँच जना सुधारगृहमा राखिएका बालबालिका र चार जना कैदीबन्दी गरी ५१ जनाको मृत्यु भएको छ ।

सडकबाट सुरु भएको आक्रोश सिँधै सत्ताको केन्द्रमा पुग्दा शक्तिशाली नेताहरूका आलिशान निवासहरू प्रतिशोधको ज्वालामा स्वाहा भए । भदौ २३ र २४ गते सम्पन्न आन्दोलनले केही घण्टामै देशलाई आगोको रापमा ढकेल्यो । आक्रोश उर्लँदा सडकदेखि सत्ता केन्द्रसम्म धुवाँमात्र देखिन्थ्यो । निजी घरदेखि सरकारी भवनसम्म नचिनेरी आगोले खरानीमा परिणत गरायो । नाराबाजी र आक्रोशको बिचमा नेताहरूका घर प्रतिशोधको निशाना बने ।

कुन कुन नेताहरूको घरमा आगजानी भयो ?

१. नेकपा एमालेका नेताहरू

केपी शर्मा ओली (बालकोट, तेह्रथुम, झापा तीनै घर)
पृथ्वी सुब्बा गुरुङ
गोकुल बाँस्कोटा
महेश बस्नेत
विष्णुप्रसाद पौडेल
पदम गिरी
सुरेन्द्र पौडेल
शंकर पोखरेल
ईश्वर पोखरेल
रघुवीर महासेठ
योगेश भट्टराई
गोर्कण विष्ट
सूर्य थापा
कोमल वली

२. नेपाली कांग्रेसका नेताहरू

शेरबहादुर देउवा
पूर्णबहादुर खड्का
गगन थापा
विश्वप्रकाश शर्मा
प्रकाशमान सिंह
दीपक खड्का
रमेश लेखक
विनोद चौधरी

३. नेकपा माओवादी केन्द्रका नेताहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’ (खुमलटार र चितवन शिवनगर)
गंगा दाहाल
नारायणकाजी श्रेष्ठ
नन्दबहादुर पुन
कृष्णबहादुर महरा
अग्निप्रसाद सापकोटा
माधव सापकोटा (सुवोध)
रामनारायण बिडारी

४. नेकपा एकीकृत समाजवादीका नेताहरू

माधवकुमार नेपाल
झलनाथ खनाल

५. अन्य दलका नेताहरू

शरदसिंह भण्डारी (लोकतान्त्रिक समाजवादी पार्टी)
उपेन्द्र यादव (जनता समाजवादी पार्टी, नेपाल)
प्रदीप यादव (जनता समाजवादी पार्टी, नेपाल)
रेशमलाल चौधरी (नाउपा संरक्षक) – घरमा लुटपाट र आगजनी

राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास र पूर्व–राष्ट्रपति विद्यादेवी भण्डारीको घरसमेत आगलागीबाट पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यस आन्दोलनले सत्ता र शक्तिको शीर्ष तहमा रहेका व्यक्तिहरू पनि अछुतो रहेनन् । यद्यपि, घटनाका सबै विवरणहरू अझै संकलन भइरहेका छन् । पूर्ण जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार