यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालीन रूपमा रोकिएको जनाएको छ ।
हालैको जेनजी आन्दोलन का क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजनी तथा चोरी–लुटपाटका कारण विभागका इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा ठूलो क्षति पुगेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसका कारण चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (EDLVRS) सम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको र अर्को सूचना नआएसम्म सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द रहने विभागले जानकारी गराएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार
