२०८३ वैशाख ३ , बिहीबार 16, April 2026, Thursday

जेनजीको आन्दोलनमा गोली चलाउने आदेश दिएको भन्दै केपी ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २८ गते शनिबार

कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत महानगरीय प्रहरीवित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका छन् ।

नेता शाहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जारीपत्र बुझाएका छन् । प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्याउने जनाएका छन् । निवर्तमान प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली चलाउँदा थुप्रै मान्छेको ज्यान गएको उनले आरोप लगाएका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् । जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप समेत लगाइएको छ । घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ ।

साथै जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ । जेनजी प्रदर्शनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन् । सोही कारण ओलीको चौतर्फी विरोध गरिएको थियो । उनले सोही कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

 

 

प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार