जेनजी आन्दोलनका प्रदर्शनकारीको निशानामा सरकारी संरचना, राजनीतिक दलका कार्यालय, राजनितिक दलका नेताहरुको घर र व्यापारिक कम्प्लेसहरु परेका छन् ।
भ्रष्टाचार विरुद्धको आन्दोलनको नारा लिएर सडकमा उत्रिएका युवाहरुले भदौ २४ गते सिंहदरबार, संसद भवन लगायतका सरकारी संरचनासँगै देशका प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रको कार्यालयमा तोडफोड तथा आगजानी गरेका हुन् ।
प्रदर्शनकारीले लगाएको आगोले सानेपामा रहेको नेपाली काँग्रेस र नेकपा एमालेको कार्यलय पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् भने कार्यलय खण्डहर बनेको छ ।
जलेको पार्टी कार्यलयका काँग्रेस कार्यकर्ताले पार्टीको झण्डा र विपी कोईरालाको तस्बिर अंकित झण्डा राखेका छन् । च्यासलमा रहेको नेकपा एमालेको पार्टी कार्यालय र पेरिसडाँडामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयलाई पनि प्रर्दशनकारीले आगो लगाएर ध्वस्त बनाइदिएका छन् ।
बानेश्वरमा रहेको एकिकृत समाजवादीको कार्यालयमा भने तोडफोड मात्रै भएको छ । प्रदर्शनकारीले गरेको आगजानी र तोडफोडबाट दलहरुको महत्वपुर्ण दस्तावेजहरु नष्ट भएका छन् भने करोडौँ रुपैयाँको क्षति भएको छ । जलेका पार्टी कार्यलयहरु देखेर कार्यकर्ताहरु निराश हुँदै फर्किने गरेका छन् ।
सत्यपाटी