नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न अस्पताल पुगेकी छिन् । शुक्रबार प्रधानमन्त्री पदमा शपथ ग्रहण गरेकी कार्कीले पदभार ग्रहण गर्न बाँकी छ ।
पदभार ग्रहण गर्नुअघि उनले घाइते उपचाररत विभिन्न अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । प्रधानमन्त्री कार्की वीर अस्पताल, ट्रमा सेन्टर र बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर घाइतेहरूलाई भेटेकी हुन् ।

प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार
सत्यपाटी