२०८३ साउन २२ , शुक्रबार 8, August 2026, Saturday

आज कहाँ-कहाँ हुनेछ भारी वर्षा ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २८ गते शनिबार

काठमाडौं लगायत देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गणडकी प्रदेशका केही स्थानमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी र मधेस प्रदेश लगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेको विभागले बताएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार