२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २७ गते शुक्रबार

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार मृम्यु हुनेको संख्या ५१ पुगेको हो ।

काठमाडौंको सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, एभरेष्ट अस्पताल, फ्रन्टलाइन अस्पताल, केएमसी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बयोधा अस्पताल, रामेछाप अस्पताल, बीएनसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल लगायतमा उपचाररत घाइतेको मृत्यु भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार