लुम्बिनी प्रदेशदेखि पश्चिमका केही ठाउँमा राति मध्यमदेखि ठूलो वर्षा भएको छ । गएराति डडेलधुरा, कैलाली र दाङमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरू केही ठाउँमा पनि मध्यम वर्षा भएको छ ।
हाल कोशी र लुम्बिनीका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी र गण्डकीको पहाडी, लुम्बिनी र सुदूरपश्चिमको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेश, बागमती, र गण्डकीका केही स्थान र बाँकी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुनेछ । त्यस्तै, मधेश, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा रहेको छ ।
सत्यपाटी