२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

सैनिक मुख्यालयमा जेनजी युवाबीच कुटाकुट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २६ गते बिहीबार

नेपाली सेनाको मुख्यालय अगाडी जेनजी युवाबीच नै कुटाकुट भएको छ । अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका जेनजी युवाबीच केहि बेरअघि कुटाकुट भएको हो ।

मुख्यालय अगाडिको सडकमा जेनजीका दुई समूहबीच हानाहान भएको हो । त्यहाँ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन नहुने भन्दै केही युवाहरूको समूह नाराबाजीसहित पुगेको थियो ।

अर्कातिर काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ पक्षधर युवाहरू पनि जम्मा भएका छन् । उनीहरूबीच सैनिक मुख्यालयको गेटमा कुटाकुट र ग्याङ फाइट नै चलेको हो । अहिले सैनिक मुख्यालय अगाडिको सडक क्षेत्र दुई पक्षको कुटाकुटले तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार