बहुचर्चित साढे ३३ किलो सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती ‘गोरे’ पनि फरार भएका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि सुन्धारास्थित केन्द्रीय कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरु भागेपछि सो समूहसँगै गोरे पनि भागेका हुन् ।
सुन्धारा कारागारमा रहेका तीन हजार ८०० केदीबन्दीमध्ये तीन हजार ३०० कैदी भागेका छन् भने ५०० मात्रै कारागारमा बसेका छन् । अहिले भने भागेका केही कैदीबन्दी फर्कि्न थालेका छन् । नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ ।
त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो । अनि बल्ल नेपाली सेना कारागार पुगेको थियो । त्यतिन्जेलसम्म करिब तीन हजार ३०० कैदीबन्दी फरार भइसकेको बताइन्छ ।
प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार

