२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

रामेछाप कारागारमा गोली चल्यो, तीन जनाको मृत्यु, १३ घाइते

सत्यपाटीसत्यपाटी । रामेछाप । २०८२ भदौ २६ गते बिहीबार

जिल्ला कारागार रामेछापबाट भाग्न खोज्ने दुईजना कैदीको गोली लागेर मृत्यु भएको छ । कारागारका विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु भएको हो । १३ जना घाइते भएका छन् ।

अस्पतालमा ल्याइएका घाइतेमध्ये तीन जना मृत्यु भएको रामेछाप अस्पतालले जनाएको छ । बिहानै कारागार परिसरमा गोली चलेको आवाज सुनिएको  रामेछाप बजारका स्थानीयहरूले बताएका छन् । घाइते कैदीबन्दिहरुलाई अहिले जिल्ला अस्पताल रामेछापमा उपचारका लागि लगिएको छ ।

‘जेल ब्रेक गरेर भाग्न खोज्ने कैदीलाई बाहिर निस्कन नदिन हामीले अन्तिमसम्म प्रयास गर्यौँ,’ रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले भने, ‘तर, जेल नै ब्रेक गरेर भाग्न खोजेपछि गोली नै चलाउनुपर्ने अवस्था आयो ।’

उनका सेनाको गोली लागेर ११ जना गम्भीर घाइते भएका छन् । जसमध्ये १ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । प्रजिअ थापाले भने, ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफती निस्कन र नाराबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्यो ।’

अहिले कारागार नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । कारागारमा ३३४ जना कैदी थिए । जसमा महिला १६ जना र पुरुष ३१८ जना थिए । ‘कोही पनि भाग्न पाएन । अहिले अवस्था सामान्य भइसकेको छ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार