मङ्गलवार अपराह्णदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै २४ घण्टापछि पुनः सञ्चालनमा आएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताएका छन् ।
हिजो काठमाडौंमा भएका व्यापक आगजनीले गर्दा धुँवाको मुस्लोले विमानको मार्गलाई असुरक्षित पार्ने र राजधानी बाहिरका विमानस्थलले सुरक्षा सुनिश्चितताबारे अनिश्चितता व्यक्त गरेपछि दुवै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रोकिने अवस्था आएको थियो ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार
सत्यपाटी