२०८३ भदौ ९ , मंगलबार 26, August 2026, Wednesday

सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहितका कैदीबन्दी भागे

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सुन्धारास्थित भद्र बन्दीगृहबाट बुधबार फरार भएका छन् । कारागार स्रोतका अनुसार हाल भद्र बन्दीगृहमा १०० कैदी मात्रै छन् ।

रायमाझीसहित केही अन्य कैदी सम्पर्कविहीन छन् भने केहीले प्रशासनलाई फोन गरेर फर्किने आश्वासन दिएका छन् । कैदीबन्दीहरुले हिजो रातिदेखि होहल्ला र तोडफोड सुरु गरेपछि प्रहरीहरु कारागार छोडेर हिँडेका थिए ।

त्यसपछि कैदीहरु पनि भाग्न थाले । अधिकांस कैदीभागेपछि सेना आएको थियो । अहिले सेनाले कारागारलाई नियन्त्रणमा लिएको छ । भागेका केही कैदीबन्दीहरुलाई फर्काइएको सैनिक स्रोतले बतायो । टोपबहादुर भने फर्किएका छैनन् ।

यसअघि नख्खु कारागारबाट भागेका कैदीले केन्द्रीय कारागारमा तोडफोड गरेका थिए । डिल्लीबजार कारागारका कैदी पनि भाग्न खोजेपछि सेना तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार