२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

प्रचण्ड पुत्री गंगा दाहालको आगजनी भएको घरमा शव फेला

सत्यपाटीसत्यपाटी । ललितपुर । २०८२ भदौ २५ गते बुधबार

ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा शव फेला परेको छ ।

मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो । आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार शव पुरूषको हो । तर शव पहिचान हुनसकेको छैन । ‘शव पुरूषको हो । घरका सदस्य हो, जस्तो लाग्दैन,’ उनले भने, ‘अहिले मुचुल्का गर्न टोली पठाएका छौं ।’

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार