२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

नेताहरू विदेशिने शंकामा जेन्जी, विमानस्थल खुल्ने अनिश्चित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २५ गते बुधबार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चिकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार उपत्यका जारी निषेधाज्ञा, कफ्र्यु आदेश एवम् विषम परिस्थितिका कारण विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मको लागि बन्द भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन समेत आग्रह गरिएको छ । प्राधिकरणले विमानस्थल खुलेको सूचना पाएपछि सम्बन्धित वायु सेवा निगममा सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन अनुरोध गरेको छ । यसअघि प्रवक्ता शेर्पाले विमानस्थल बुधबार साँझ ६ बजेसम्म बन्द रहने जानकारी दिएका थिए । यता जेन्जीले भने शीर्ष नेताहरू विदेशिन सक्ने भन्दै निगरानी बढाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार