२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

त्रिभुवन विमानस्थल बन्द, काठमाडौंबाट हुने सम्पूर्ण उडान रद्द

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

राजधानी काठमाडौंबाट हुने सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हाललाई बन्द गरिएको छ । विमान कम्पनीहरूको आपतकालीन बैठकपछि उडान स्थगित गर्ने निर्णय गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिएका छन् ।

जेनजी आन्दोलन देशव्यापी रूपमा चर्किँदै गएको, विशेषगरी काठमाडौं उपत्यकामा हिंसात्मक प्रदर्शन भइरहेकाले सुरक्षाको कारण देखाउँदै उडान बन्द गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता उच्च बनाइएको छ भने यात्रुहरूलाई तत्कालका लागि यात्रा योजना स्थगित गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार