जेनजीहरूले हिल्टन होटलमा आगजनी गरेका छन् । जेनजीहरूले मंगलबार दिउँसो १ः२५ बजे हिल्टन होटलमा आगजनी गरेका हुन् । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले मंगलबार पनि प्रदर्शन जारी राखेका छन् ।
हिलटन होटरलमा शेरबहादूर देउवाका छोरा जयबीर देउवाको लगानी रहेको भन्दै उनीहरुले आगजनी गरेका हुन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ ।
शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् । देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
सत्यपाटी