२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

जेनजी आन्दोलन उग्र, प्रचण्डको निवासमा तोडफोडको प्रयास

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

काठमाडौं उपत्यकामा जेनजी आन्दोलनको दोस्रो दिनमा प्रदर्शन थप उग्र बनेको छ । कफ्र्यु आदेशको अवज्ञा गर्दै प्रदर्शनकारीहरू नेताहरूको घर र निवासमा तोडफोड र आगजनीमा उत्रिएका छन् ।

यसै क्रममा, एक समूह प्रदर्शनकारी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा पुगेका छन् । प्रहरी स्रोतका अनुसार, प्रदर्शनकारीहरूले प्रचण्डको निवासको गेटमा तोडफोड गर्दै भित्र प्रवेश गर्ने प्रयास गरेका छन् ।

यस्तै, ललितपुरको सुनाकोठीस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा पनि प्रदर्शनकारीले आगजनी र ढुंगामुढा गरेका छन् । प्रहरीको सुरक्षा घेरा तोडेर अघि बढेका आन्दोलनकारीले मन्त्री गुरुङको निवासमा आगो झोसेको प्रहरी स्रोतले जनाएको छ । सुरक्षा अधिकारीहरूले आगो नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार