सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । जेनजी पुस्ताले मंगलबार बिहान गुरुङको निवास सुनाकोठी पुगेर आगजनी गरेका हुन् ।
प्रहरीले आन्दोलनकारीलाई हटाएर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । सामाजिक सञ्जाल बन्द गर्ने सञ्चारमन्त्रीको ठाडो आदेशप्रति जेनजी पुस्ता आक्रोशित छ ।
सामाजिक सञ्जाल सञ्चालन भए पनि जेनजीले आन्दोलन रोकेका छैनन् । सोमबार सुरु भएको आन्दोलनको पहिलो दिन १९ जनाको मृत्यु हुँदा चार सय बढी घाइते भएका छन् । मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
