२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

काठमाडौं, ललितपुर र भक्तपुरका धेरै क्षेत्रमा कर्फ्यु

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

स्थानीय प्रशासनले काठमाडौं, ललितपुर र भक्तपुरका धेरै क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । काठमाडौंमा सोमबार भएको गोलीकान्डपछि पनि युवाहरुले सडक नछाडेपछि जिल्ला प्रशासन कार्यालयले तीनवटै जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

यसले काठमाडौं उपत्यकाकै जनजीवन अस्तव्यस्त भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकी सो सीमाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी आदेश जारी गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार