२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

बिहानैदेखि सुरू भयो प्रदर्शन, संसद भवन अगाडि भेला हुँदै जेनजी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

काठमाडौंको बानेश्वरस्थित संसद् भवन अगाडि जेनजीहरु भेला हुन थालेका छन् । मङ्गलवार बिहानदेखि संसद् भवन अगाडि भेला भएर नाराबाजी गर्न थालेका हुन् ।

उनीहरूले संसद् भवनको मूल गेटअगाडि भेला भएर प्रधानमन्त्री र सरकारविरूद्ध नाराबाजी गरिरहेका छन् । प्रहरीले भने मानिसहरू सोमबारको प्रदर्शनपछि मानिसहरू बानेश्वर क्षेत्रको अवस्था हेर्न आएको भनेको छ ।

प्रशासन कार्यालयले मङ्गलवार बिहान साढे ८ बजेदेखि काठमाडौंको चक्रपथभित्र अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिसकेको छ । सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भएको छ । काठमाडौंमा १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार