२०८२ भदौ २४ गते मंगलवार, ९ सेप्टेम्बर २०२५ । आश्विन कृष्णपक्ष द्वितीया तिथि । उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन । आश्विन कृष्ण पक्षको द्वितिया तिथि । आज स्रोह्र श्राद्धको दोस्रो दिन । बिपी जन्म जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।
मेष – खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । सहयोगको प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन् । मनकारी साथीभाइ टाढा हुनेछन् । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । आकस्मिक खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ ।
वृष – नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ ।
मिथुन – सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ । दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ ।
कर्कट – अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ । तापनि, काम देखाएर केही फाइदा उठाउन सकिनेछ । शुभचिन्तकहरू जुट्नाले पहिलेको चुनौती समाप्त होला । दाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ । गरी आएको कामलाई पनि निरन्तरता दिन सकिनेछ ।
सिंह – परिस्थितिवश कार्यसम्पादनमा केही समय लाग्नेछ । आकस्मिक समस्याले दौडधुप गराउन सक्छ । रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुपर्ला । सोचेको समयमा काम नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ । स्वास्थ्य कमजोर रहनेछ, खानपानमा ध्यान पुर्याउनुहोला ।
कन्या – प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । आम्दानी बढाउने काम सुरु हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ । साथीभाइको सहयोगले उत्साह मिल्नेछ ।
तुला – अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ । स्वास्थ्य कमजोर रहनेछ भने पहिलेको योजना स्थगित हुन सक्छ । जोखिम हुने काम थालनी गर्नुअघि विचार पुर्याउनुहोला । चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन्, सजग रहनुहोला ।
वृश्चिक – समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले स्वास्थ्य कमजोर रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला ।
धनु – अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । प्रगतिमा ईष्र्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन् । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।
मकर – बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला । समयको प्रतिकूलताले काम बिग्रन सक्छ । परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ । काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ । नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ । सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ ।
कुम्भ – प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन् । आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला । मौकामा प्रयत्न गर्दा काम बन्नेछ । सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ । आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ । तर खर्च बढ्नेछ । आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ । विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ ।
मीन – काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण पनि ल्याउनेछ ।
सत्यपाटी