२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

जेनजी प्रदर्शन : पाँच जनाको मृत्यु, जेनजीले खोसे प्रहरीका सञ्चार सेट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २३ गते सोमबार

सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।

दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी भएको थियो । अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । घाइतेहरूको संख्या यकिन भइसकेको छैन । यसैबीच, आन्दोलनमा रहेको जेनजी समूह सुरक्षाकर्मीमाथि आक्रमक बनेको छ ।

प्रर्दशनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार