जेनजी नेपालले सबै आन्दोलनकारीहरूलाई फर्कन आह्वान गरेको छ । प्रदर्शनमा घुसपैठ भएको भन्दै तत्कालै प्रदर्शन स्थलबाट बाहिरिन आह्वान गरेको हो । जेनजी नेपाल नामको इन्स्टाग्राम अकाउन्टमा एउटा सूचना जारी गरी प्रदर्शनमा सहभागी सबैलाई फर्कन भनिएको हो ।
जेनजी नेपालले जारी गरेको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबैजना सुरक्षित तरिकाले घर जानुस् ।’ जेनजीले गरेको प्रदर्शन काठमाडौं आक्रामक बनेको छ ।
प्रदर्शनका क्रममा केही युवाहरुले निषेधित क्षेत्र र प्रहरी घेरा मात्रै तोडेका छैनन्, संसद भवनभित्रै प्रवेश गरेका छन् । जसका बिच प्रहरीले पानीका फोहोरासहित अश्रूग्याँस र रबरका गोलीसमेत प्रहार गरेको छ । प्रदर्शन उग्र बनेसँगै काठमाडौंमा यतिबेला स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । जसका बिच जेन जीले सूचनामार्फत घर फर्किन भनेको हो ।
सत्यपाटी