२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

माइतीघरमा जेनजी विद्रोह, नेताहरूलाई देश छाड्न चेतावनी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २३ गते सोमबार

जेनजी पुस्ता भ्रष्टाचारविरुद्ध एकीकृत भएर सडकमा उत्रिएको छ । सोमबार सामाजिक सञ्जालमार्फत भएको आह्वानका आधारमा हजारौं किशोरकिशोरी माइतीघरमा उपस्थित भएका छन् ।

उनीहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । भ्रष्टाचारले सीमा नाघेको भन्दै उनीहरुले नेताहरुलाई देश छाड्न समेत चेतावनी दिएका छन् ।

प्रदर्शनमा स्कुल कलेजका विद्यार्थीहरु यूनिफर्ममै उपस्थित भएका छन् । माइतीघर क्षेत्र उनीहरुको उपस्थितले भरिएको छ । आन्दोलन चर्कन सक्ने भएकाले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार