२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

सरकारलाई जेनजीको प्रश्न, ‘कता हिँडेको ट्याक्स लुटेर ?’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २३ गते सोमबार

जेनजी (सन् १९९७ देखि २०१२ भित्र) जन्मिएका पुस्ताले आज माइतीघरमा प्रदर्शन सुरू गरेक छन् । भ्रष्टाचार विरूद्ध र सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा बिहान ९ बजेदेखि माइतीघर मण्डलमा भेला भएर जेनजीहरूले प्रदर्शन सुरू गरेका हुन् ।

राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय जेनजीहरु स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार